Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

बैंक अफ काठमाण्डूको कार्डबाट इ-कमर्श कारोबारमा क्यासव्याक योजना

बैंक अफ काठमाण्डूको कार्डबाट इ-कमर्श कारोबारमा क्यासव्याक योजना

काठमाडौं, २१ भदौ । बैंक अफ काठमाण्डूले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण इ-कमर्श कारोबारमा नगदफिर्ता योजना ल्याएको छ ।


बैंकको कार्डबाहक महानुभावहरुले विभिन्न इ-कमर्श प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेका ग्राहकले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता पाउने बैंकले बताएको छ । यस नगदफिर्ता योजना यहि भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ । यस नगदफिर्ता योजना अन्र्तगत बैंकको कार्डबाहक महानुभावहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको इ(कमर्श कारोबार गर्नुपर्ने छ र कारोबार रकम रु. १० हजार वा सो भन्दा बढि रकम हुनपर्नेछ ।


यस नगदफिर्ता योजनाले ग्राहक महानुभावहरुलाई धेरै फाईदा हुने भएकोले यस योजनामा ग्राहकहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ । साथै, यो नगदफिर्ता योजना सिमित अवधिको लागि भएको हुनाले यस नगदफिर्ता योजनामा चाडै सहभागि भई कार्डबाहक महानुभावहरुलाई फाईदा लिन बैंक आव्हान गरेको छ ।
हेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x