Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

विकास लक्षित पूँजीगत खर्च १.३४ प्रतिशत मात्र

विकास लक्षित पूँजीगत खर्च १.३४ प्रतिशत मात्र

काठमाडौं, २८ भदौ । चालू आर्थिक वर्षको पहिलो २ महिना बित्नै लाग्दा सरकारको विकास लक्षित पूँजीगत खर्च २ प्रतिशत पनि पुगेको छैन । महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सोमवारसम्ममा कुल पूँजीगत खर्च ५ अर्ब ९ करोड ८९ लाख रुपैयाँ मात्र रहेको छ, जुन पूँजीगत तर्फ यस वर्ष विनियोजित बजेटको १.३४ प्रतिशत मात्र हो ।

चालू आर्थिक वर्षको बजेट मार्फत यस वर्ष पूँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड ४५ लाख रुपैयाँ छुट्याइएको छ ।

चालू खर्च भने वार्षिक लक्ष्यको ६.५५ प्रतिशत रहेको छ । यस वर्ष चालूतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ विनियोजन भएकोमा सोमवारसम्ममा ७७ अर्ब ४५ करोड ८२ लाख रुपैयाँ खर्च भएको महालेखाको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x