Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

४७.४६ अंकले बढ्यो शेयर बजार, १ अर्ब ४५ करोडको कारोबार

४७.४६ अंकले बढ्यो शेयर बजार, १ अर्ब ४५ करोडको कारोबार

काठमाडौं, २९ भदौ । साताको चौथो कारोबार दिन बुधवार शेयर बजार ४७.४६ अंकले बढेको छ । यस दिन बजार मापक नेप्से परिसूचक २.४५ प्रतिशतले बढेर १९८१.५० अंक कायम भएको छ ।

बुधवार कारोबारमा आएका सबै समूहको उपसूचक बढेका छन् । यस दिन २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका समूहमध्ये वित्त कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५.९३ प्रतिशतले बढेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x