Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एनआईसी एशिया बैंकको खातामा अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

एनआईसी एशिया बैंकको खातामा अब भिसा डाइरेक्ट मार्फत सोझै रकम पठाउन सकिने

काठमाडौं, २९ भदौ । एनआईसी एशिया बैंकको खातामा विश्वका विभिन्न देशहरूबाट अब भिसा डाइरेक्टमार्फत सोझै रकम पठाउन सकिने सेवाको शुरुआत भएको छ । बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गर्दै आफ्ना ग्राहकलाई यो सेवा ल्याएको हो । अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब जस्ता विश्वका १०० भन्दा बढी देशहरूबाट पठाइएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्ने बैंकले बताएको छ । यो सेवा अन्तर्गत विश्वका कुनै पनि भिसा डाइरेक्ट प्लेटफर्ममार्फत रकम पठाउँदा यस बैंकले जारी गरेको भिसा कार्डसँग लिंक गरिएको खातामा उक्त रकम जम्मा गर्न सकिनेछ ।

त्यसका लागि रकम पठाउने विदेशी तथा स्वदेशी ग्राहकले आफ्नो मोबाइल÷इन्टरनेट बैंकिङ्ग वा भिसा कार्ड तथा रेमिटेन्स कम्पनीहरूमार्फत यस बैंकले जारी गरेको १६ अंकको भिसा कार्ड नम्बरको प्रयोग गरी त्यसमा लिंक भएको खातामा सोझै रकम पठाउन सक्नेछन् । विदेशमा रहेर पनि आफ्ना परिवार तथा आफन्तलाई तुरुन्त पैसा पठाउने ग्राहकको चाहनालाई ध्यानमा राख्दै बैंकले ल्याएको यो सेवाले रेमिट्यान्स सम्प्रेषणलाई सहज बनाउने विश्वास बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x