Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

लगानी बोर्डद्वारा तयार परियोजना बैंकको निर्देशिका सार्वजनिक

लगानी बोर्डद्वारा तयार परियोजना बैंकको निर्देशिका सार्वजनिक

काठमाडौं, २९ भदौ । सार्वजनिक–निजी साझेदारीमा कार्यान्वयन गरिने प्राविधिक र आर्थिक दृष्टिले सम्भाव्य लगानीयोग्य परियोजनाहरूको संग्रहको सूची तयार गर्ने उद्देश्यले लगानी बोर्डले तयार पारेको परियोजना बैंक निर्देशिका सार्वजनिक गरिएको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाले लगानी बोर्डद्वारा आयोजित सस्टेनेबल इन्फ्रास्ट्रक्चर फोरम २०२२ को उद्घाटन समारोहको उक्त निर्देशिका सार्वजनिक गरेका हुन् ।

सोही अवसरमा प्रम देउवाले लगानीकर्ता सहजीकरणका लागि तयार पारिएको वनस्टप सर्भिस डिजिटल सिस्टमको पनि शुभारम्भ गरे । उक्त डिजिटल प्लेटफर्ममार्फत् लगानीकर्ताले लगानीका विषयमा जानकारी तथा जिज्ञासा राख्न सक्ने र लगानी सहजीकरणसँग सम्बन्धित सबै निकायहरू आवद्ध भई शीघ्र र प्रभावकारी सेवा प्रदान गर्नेछन् ।

उद्घाटन सत्रका अवसरमा प्रम देउवाले नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि लगानी बोर्डद्वारा तयार पारिएको ‘इस्ट्याबलिसिङ ब फर्टिलाइजर प्लान्ट इन नेपाल’ अध्ययन प्रतिवेदन सार्वजनिक गरे । उक्त अध्ययन प्रतिवेदनमा इलेक्ट्रोलाइसिस र प्राकृतिक ग्यासबाट मलकारखाना सञ्चालनको तुलनात्मक अध्ययन प्रस्तुत गरिएको छ ।

समारोह समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रम देउवाले लगानी बोर्डको कार्यालयले लगानी आकर्षण र सहजीकरणका लागि परिपक्व भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे । नेपालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि साध्य र साधन तयार हुनुपर्ने भन्दै उनले उक्त उद्देश्य प्राप्तिका लागि सहयोग बढाउन विकास साझेदारहरूलाई आह्वान गरे ।

लगानी बोर्डको कार्यालयले लगानी प्रवद्र्धनको मुख्य उद्देश्य सहित स्वदेश र विदेशमा यस्ता प्रवद्र्धनात्मक कार्यक्रमहरू, रोड शो, परियोजना शोकेसिङ र लगानी सम्मेलन आयोजना गर्दै आएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x