Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्रामिण विकास, हाम्रो विकास र आरएमडीसीमा नयाँ सञ्चालक नियुक्त

काठमाडौं, ९ जेठ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्य परिवतन भएको छ । कम्पनीको संस्थापक शेयरधनीको प्रतिनिधित्व गरेका सञ्चालक चन्द्रावती घिमिरे (पौडेल)ले राजीनामा स्वीकृत गरी नयाँ सञ्चालक समिति गठन गरिएको छ । सञ्चालक समितिमा पिपल्स इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट मणिकरत्न शाक्य, नेपाल सरकार अर्थ मन्त्रालयका तर्फबाट हिक्मतबहादुर भण्डारी, नेपाल राष्ट्र बैंकको तर्फबाट बमबहादुर मिश्र, नेपाल बंगलादेश बैंकको तर्फबाट सुरेश देवकोटा रहेका छन् भने समूहगत शेयर सदस्यमा जमुना ढकाल र सर्वसाधारणको तर्फबाट भेषराज कँडेल सञ्चालक रहेका छन् । सञ्चालक समिति अध्यक्षमा मणिकरत्न शाक्य रहेका छन् ।
त्यसैगरी हाम्रो विकास बैंकको स्वतन्ञ सञ्चालकमा सिर्जना कर्माचार्य र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर (आरएमडीसी)का नेपाल राष्ट्र बैंकको प्रतिनिधित्व गर्ने सञ्चालक जनकबहादुर अधिकारीलाई हटाई सोका स्थानमा उपेन्द्रक्मार पौडेललाई नियुक्त गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x