हिमालयन बैकद्वारा बाल सुधार संघलाई सहयोग

हिमालयन बैंक लिमिटेडले काठमाण्डौ जिल्ला, बुढानिलकण्ठ नगरपालिका स्थित नेपालमा भएका अनाथ असहाय बाल सुधार संघलाई ७५ हजार रुपियाँ मूल्य बराबरको ५ थान २ तले खाट प्रदान गरेको छ । आफ्नो पच्चीसौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले उक्त बाल सुधार संघलाई सो खाट उपलब्ध गराएको हो । बैंकले उक्त बाल सुधार संघमा आश्रय लिएका विभिन्न उमेर समुहका बालबालिकाहरुलाई सुत्नका लागि उपयोगी हुने छन् । एक कार्यक्रमका बिचमा बैंकका महाप्रबन्धक श्री सुशिल जोशीले बैंकका वरिष्ठ अधिकृतहरुको उपस्थिति उक्त खाटहरु बाल सुधार संगका अध्यक्ष प्रकाश कुमार नेपालीलाई हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *