Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

योजना आयोगका उपाध्यक्षबाट पौडेलले दिए राजीनामा

योजना आयोगका उपाध्यक्षबाट पौडेलले दिए राजीनामा

काठमाडौं, २३ असोज ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले  पदबाट राजीनामा दिएका छन् ।

चितवन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसको उम्मेदवार हुने भएपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजीनामापत्र बुझाएका हुन् । कुनै लाभको पदमा रहेकाले उम्मेदवारी दिन नपाउने व्यवस्था भएकाले राजीनामा दिएका हुन् ।

करिब १४ महिना उनले उपाध्यक्षका रुपमा योजना आयोगमा रहेर काम गरे । १२ साउन २०७८मा उनी योजना आयोगको उपाध्यक्ष नियुक्त भएका थिए ।

‘अब मेरो फोकस चितवनमा हुन्छ, कतिपय चितवन केन्द्रित योजना मैले सुरु गरेको थिएँ,’ उनले भने,’जिल्लाको माथिल्लो भेगमा जनजाति र तल्लो भेगमा रहेको थारु समुदायसहित सबैलाई समान रुपमा अघि बढाउने योजना छ । जनतासँगै बस्ने र उहाँहरुको सुख दुःखमा साथ रहने मेरो प्रतिवद्धता छ ।’

आफू सरकार र जनताबीचको पुलका रुपमा काम गर्ने उनको भनाइ छ । निर्वाचित भएपछि सरकारको कामकारवाहीलाई नियाल्ने, खबरदारी गर्ने, जनहित अनुकुलको कानुन बनाउने लगायतका भूमिका निभाउन आफू प्रतिवद्ध रहेको उनको प्रतिवद्धता छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x