नेप्सेमा हरियाली, नेप्से परिसूचक ४४.९६ अंकले उकालो
काठमाडौं, २३ असोज । दसैैं पछिको पहिलो कारोबार र यस साताको पहिलो दिन आइतबार शेयर कारोबार उकालो लागेको छ । नेप्से परिसूचक हरियालीका साथ ४४.९६ अंकले बढेर १८९८.३८ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकममा भने धेरै परिर्वतन आएको छैन् । आइतबार ८३ करोड ६८ लाख ७३ हजार रुपैयाँको शेयर कारोबार हुँदा २५ लाख ३३ हजार ३ सय ९३ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये सबै समूहका कम्पनीको कारोबार बढेको छ । आज सबै भन्दा धेरै १८७.०८ अंकले जीवन बिमा समूह तर्फका कम्पनीको कारोबार बढेको छ ।