Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब निकासा, अझै साढे १० अर्ब भुक्तानी बाँकी

कोरोना बीमाको दाबी भुक्तानीका लागि १ अर्ब निकासा, अझै साढे १० अर्ब भुक्तानी बाँकी

काठमाडौं, २४ असोज । कोरोना बीमा दाबी भुक्तानीका लागि सरकारले निकास गरेको १ अर्ब रुपैयाँ बीमा समितिको खातामा आइपुगेको छ । लामो समयदेखि कोरोना बीमाको दाबी भुक्तानी रोकिएकोमा अर्थ मन्त्रालयले पछिल्लो समय १ अर्ब निकासा गर्ने घोषणा गरेको थियो । समितिलामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ ।
प्राप्त रकम के कसरी वितरण गर्ने भन्ने सम्बन्धमा आवश्यक छलफलपछि निष्कर्षमा पुगिने समितिले बताएको छ ।

कोरोना बीमा गर्नेको संख्या १७ लाख ५८ हजार ३४३ रहेको छ भने बीमालेखबाटै एक अर्ब पाँच करोड पाँच लाख बीमाशुल्क संकलन भएको थियो । यीमध्ये एक लाख ६५ हजार ५५९ जनाको १५ अर्ब ८२ करोड २१ लाख ७१ हजार ५५४ रुपैयाँ बराबरको दाबी परेको थियो । त्यसमध्ये चार अर्ब ७८ करोड ८१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । सरकारका तर्फबाट तिर्न बाँकी १० अर्ब ५२ करोड रुपैयाँ छ ।

कोरोना बीमा मापदण्डअनुसार बीमा कम्पनीहरूले एक अर्ब रुपियाँसम्मको दायित्व, सोभन्दा बढी रकमको दायित्व एक अर्ब रुपियाँसम्म नेपाल पुनर्बीमा कम्पनीले भुक्तानी गर्नुपर्नेछ ।

यस्तै दुई अर्ब रुपियाँभन्दा बढी दाबी परेमा ५० करोड रुपियाँ बीमा कम्पनीहरूको महाविपत्ति जगेडाबाट भुक्तानी हुने व्यवस्था मापदण्डले गरेको थियो । त्यसभन्दा पनि माथिको दायित्व परेमा एक अर्ब रुपियाँसम्म समितिले भुक्तानी गर्ने सहमति भएको थियो । त्यस्तै तीन अर्ब ५० करोडभन्दा माथि दाबी परेमा नेपाल सरकारले दायित्व भुक्तानी गर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x