नेप्से परिसूचक ११.४८ अंकले उकालो
काठमाडौं, २६ असोज । साताको चौंथो दिन शेयर कारोबार उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ११.३२ अंकले बढेर १८६६.४८ बिन्दुमा पुगेको छ ।
यस दिन कारोबार रकममा भने गिरावट आएको छ । बुधबार ६९ करोड १७ लाख ३७ हजार रुपैयाँको शेयर कारोबारमा २० लाख ८५ हजार २ सय ८४ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै १३ समूहका उपसूचक मध्ये ११ समूहका कम्पनीको कारोबार बढेको छ भने २ समूहका कम्पनीको कारोबार घटेको छ ।