Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कलंकीदेखि चाबहिल धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउछ : ईश्वर पोखरेल

कलंकीदेखि चाबहिल धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउछ : ईश्वर पोखरेल

काठमाडौं, ४ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि सडक विस्तारको काम रोकिएको उहाँले बताउनुभयो ।

सुरुमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उहाँले जानकारी दिनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला करिडोर र विष्णुमति करिडोर निर्माण पनि छिट्टै सुरु हुने विश्वास व्यक्त गर्नुभयो । धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले गठबन्धनका नेताको घर परेका कारण कलंकी धोबीखोला ६ लेन निर्माण रोकिएको भन्दै पोखरेलसँग गुनासो गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x