Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

एनएमबि बैंकले विदेशबाट ल्यायो १० करोड अमेरिकी डलर ऋण

एनएमबि बैंकले विदेशबाट ल्यायो १० करोड अमेरिकी डलर ऋण

काठमाडौं, ४ कात्तिक ।  यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) ले नेपालमा साना तथा मझौला व्यवसाय कर्जाहरूको वित्तीय आवश्यकता पूरा गर्न एनएमबि बैंकलाई १० करोड अमेरिकी डलर वैदेशिक ऋण स्वीकृत गरेको छ ।

डीएफसीले अमेरिकी सरकारको विभिन्न देशका निजी क्षेत्रसँग साझेदारी गरी विकासशील देशले सामना गरिरहेको चुनौतीहरूको समाधान गर्न ऊर्जा, स्वास्थ्य सेवा, पूर्वाधार र प्रविधिलगायत क्षेत्रमा वित्तीय लगानी गर्दै आइरहेको छ ।

एनएमबि बैंक र डीएफसीबीचको साझेदारीले नेपालको साना तथा मझौला व्यवसायलाई उद्यमशीलतामार्फत आत्मनिर्भरताको लागि महिलाहरूलाई प्राथमिकतामा राखेर नयाँ अवसरहरू सिर्जना गर्न मद्दत गर्नेछ ।

एनएमबि बैंक उत्पादनशील र प्राथमिकता क्षेत्रमा अन्तर्राष्ट्रिय ऋण लगानी भित्र्याउने नेपालको पहिलो बैंक हो । बैंकले जलविद्युत, नवीकरणीय ऊर्जा, कृषि र साना तथा मझौला उद्योगमा ऋण पूँजीको लागि डीएफसीसहित हालसम्म नौ डेभलपमेण्ट फाइनान्सियल इन्स्टिच्युसनबाट कुल ३०१.५० मिलियन अमेरिकी डलर ऋण लिइसहेको छ ।

एनएमबि बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

बैंकले हाल देशभर २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x