सिटिजन्स बैंकको सोह्रौँ वार्षिक साधारण सभाद्घारा ९ प्रतिशत नगद लाभाशं पारित

काठमाडौं, ४ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सोह्रौँ वार्षिक साधारण सभा बैंक सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा आज ४ गते, शुक्रबार, अमृतभोग, कालिका स्थान, डिल्लीबजार, काठमाण्डौमा सम्पन्न भएको छ ।
यस अवसरमा आ.व. २०७८÷७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ आषाढ मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ ।
त्यसै गरी साधारण सभाले गत आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६÷– को ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ । यससगै सिटिजन्स बंैक आ.व. २०७८÷७९ को लाभाशं पारित गर्ने पहिलो बैंक बनेको छ ।
साथै साबिक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साबिक पूँजी संरचना ५१:४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७स:४८.९३ ९संथापक शेयरधनिहरुले धारण गरेको जम्मा शेयरस् साधारण शेयरधनीहरुले धारण गरेको जम्मा शेयर० बमोजिम प्रबन्धपत्रमा संसोधन गर्ने प्रस्ताब समेत साधारण सभाले पारित गरेको छ ।
सभाका अध्यक्षले शेयरधनीहरुबाट प्राप्त सुझाव अनुसार बैंकको काम कारवाही संचालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हाँसिल गर्ने सक्ने विश्वास सभालाई गराउनु भयो । साथै संस्थागत सुशासन तथा अनुपालना (कर्पोरेट गर्भनेन्श एण्ड कम्प्लेन्स) को स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सवल तथा सुदृढ बनाउँदै जाने तर्फ बैंक प्रतिबद्घ रहेको कुरा जानकारी गराए ।