Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

नेपाल जर्मन मार्ट २०२२ प्रदर्शनी आगामी कात्तिक १२ र १३ मा हुने

नेपाल जर्मन मार्ट २०२२ प्रदर्शनी आगामी कात्तिक १२ र १३ मा हुने

काठमाडौं, ४ कात्तिक । आगामी कात्तिक १२ र १३ गते  नेपाल जर्मन दूतावासको परिसरमा नेपाल जर्मन मार्ट २२ प्रदर्शनी आयोजना हुने भएको छ ।

नेपाल जर्मन चेम्बेर अफ कमर्सको आयोजना र नेपाल जर्मन राजदुताबासको सहकार्यमा हुन गई रहेको सो प्रदर्शनीमा नेपाल तथा जर्मनका ५७ कम्पनीहरूले भाग लिने भएका छन् । यो मेलाको भच्र्युअल प्रर्दशनी भने कात्तिक १८  गते सम्म हुने भएको छ ।

यस प्रर्दशनीमा नेपाली साँस्कृतिक झलक देखाउनुका साथै नेपाली तथा जर्मनी खाद्य तथा पेय पदार्थका स्टल समेत रहने छन् । विशेष गरि यस प्रदर्शनीमा गलैंचा, फेल्ट, हस्तकला, जलविद्युत, वाहन, पर्यटन आदिका स्टलहरु रहने बताइएको छ ।

सो प्रर्दशनीको गोल्ड स्पोन्सर लक्ष्मी प्रीमियम मोटर (विएमडब्लु) छ भने रजत प्रायोजक हिमालय बैंक रहेको छ । सहयोगीको रूपमा नेपाल चेम्वर अफ कमर्स, टाक्टेवेल आई एम एस समूह, यति एअरलाईन्स,एनएमवि बैंक, ईभेन्ट सोलुसन, नेपाल ईन्भेष्टमेण्ट बैंक र जावलाखेल ग्रुप अफ ईण्डष्ट्रिज रहेका छन् ।

प्रदर्शनीमा भाग लिने कम्पनीहरूमा लक्ष्मी प्रीमियम मोटर्स, लक्ष्मी ईलेक्ट्रोटेक, हेरिटेज फेसन, नेपाल कफि उत्पादक संघ, नेपाल पस्मिना संघ, लेवेल स्टेप नेपाल, तारा ओरियनण्टल, हिमालयन लस ईण्डष्टि नेचुर नाईट, लोटस पेपर क्राफ्ट, जून चियावारी टि गार्डेन, यूरो पश्मिना, तिवेत हाउस, न्यू जेके उड कार्भिङ्ग, प्रभू बैंक, आयुर्वेदा हेल्थ होम, टर्किश एअरलाईन्स, हिमालयन बैंक, लोगो फेसन इण्डष्ट्रिज, भेष्पर हाउस रहेका छन् ।

साँस्कृतिक कार्यक्रम नेपाली चूलोको साँस्कृतिक समुहले प्रस्तुत गर्ने भएको छ । यसपालीको मेलामा प्रत्यक्ष ८ सय र भच्र्युअल ७ हजारले मेला सहभागिता रहनेअनुमान छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *