Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै

जलवायु परिवर्तनबाट हुने हानिनोक्सानीको मुद्दा पेचिलो बन्दै

काठमाडौं, ५ कात्तिक । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९युएनएफसिसिसी० को पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७० मा जलवायु परिवर्तनबाट हुने हानि तथा नोक्सानीसम्बन्धी मुद्दा पेचिलो हुने देखिएको छ । कोप–२७ आगामी कात्तिक २० देखि मङ्सिर २ गते (नोभेम्बर ६ देखि १८ तारिख)सम्म इजिप्टको शार्म अल शेखमा हुँदैछ ।

सम्मेलनमा अल्पविकसित राष्ट्रहरूको समूह र जी ७७ एवं चाइना समूहले हानि तथा नोक्सानी वित्तको छुट्टै व्यवस्थाको मागलाई उठाउने तयारी गरेका छन् भने अधिकांश विकसित राष्ट्रहरु हानि तथा नोक्सानीलाई छुट्टै सहयोग र व्यवस्था गर्ने पक्षमा छैनन् । उनीहरुको भनाइमा हानि तथा नोक्सानी वित्त अनुकूलनभित्र पर्दछ र यसले नसमेटेका विषय मानवीय सहायता कोषमार्फत गरिने सहयोग हो भन्ने छ । तर नेपाल लगायतका अल्पविकसित राष्ट्रहरु र जी ७७ एवं चाइना समूहले हानि तथा नोक्सानी वित्तमा थप सहयोग हुनुपर्ने माग गर्दै आएका छन् । गत जुनमा भएको ‘बोन बैठक’मा हानिनोक्सानीलाई औपचारिक एजेन्डा बनाउन पहल गरे पनि सफलता हासिल हुन सकेन । सम्मेलनमा यो विषय औपचारिक एजेन्डामा समावेश भए तापनि छुट्टै वित्तीय व्यवस्थाको माग पूरा हुनेमा आशावादी हुन सकिने सङ्केत अझै देखिएको छैन ।

स्टकल्यान्ड ग्लास्गोमा गत वर्ष सम्पन्न कोप–२६ मा हानि तथा नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र ९सेन्टियागो नेटवर्क० लाई स्थापना गरेर कार्यान्वयनमा ल्याउनका लागि एक वर्षभित्रमा थप काम गर्दै जाने सहमति भएको थियो ।

नेपालले पनि कोप–२७ सम्मेलनमा सेन्टियागो हानि तथा नोक्सानी संयन्त्रको प्रगति र हानि तथा नोक्सानी वित्तलाई औपचारिक रूपमा एजेन्डामा राखेर हानि तथा नोक्सानी वित्त व्यवस्था सुनिश्चित गर्न पहल गर्ने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x