Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पञ्चकन्या माई जलविद्युत आयोजनाले सर्वसाधारणको लागि प्राथमिक निष्कासन गर्ने

पञ्चकन्या माई जलविद्युत आयोजनाले सर्वसाधारणको लागि प्राथमिक निष्कासन गर्ने

काठमाडौं, १० जेठ । पञ्चकन्या माई जलविद्युत आयोजनाले सर्वसाधारणहरुका लागि प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्कासनको लागि आवेदन दिएको छ ।

यस कम्पनीले सर्वसाधारणहरुका लागि ११ लाख कित्ता प्राथमिक शेयर निष्कासन गर्ने जनाएको छ । आयोजनाले एक सय रुपैयाँ अंकित मुल्य भएको ११ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । यस्तै बोर्डले आयोजनालाई आयोजना प्रभावित क्षेत्रका स्थानियकहरुका लागि ११ लाख कित्ता प्राथमिक शेयर निष्कासनको लागि मंसिर ५ गते स्विकृति दिएको थियो ।

प्राथमिक शेयर निष्कासनको लागि आयोजनाले विक्री प्रबन्धकमा सनराइज क्यापिटल । यस निष्कासनका लागि इक्रा नेपालले आइपिओ ग्रेड ४ मापन पाएको छ ।

आयोजनाले इलाम जिल्लाको माबु, मइम्झुवामा १२ मेगावाटको विद्युत उत्पादन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x