Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल इन्भेष्टमेण्ट बैंक र आइएफसी बिच ऋण सम्झौता 

नेपाल इन्भेष्टमेण्ट बैंक र आइएफसी बिच ऋण सम्झौता 

काठमाडौं, १० जेठ । नेपाल इन्भेष्टमेन्ट बैंक र ईन्टरनेशनल फाइनान्स कर्पाेरेसन (आइएफसी) बिच नेपालमा ऋण लगानी गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र आइएफसीका आवाशीय प्रतिनिधि एमरेहान रशिदले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि इन्भेष्टमेण्ट बैंकले आइएफसीसँग ऋण लिन पाउने छ। अन्तर्राष्ट्रिय कम्पनीसँग परिवत्र्य मुद्रा ऋण लिन पाउने अनुमती नेपाल राष्ट्र बैंकले दिएको छ । यसरी अन्तर्राष्ट्रिय कम्पनीसंगैको विदेशी मुद्रामा ऋण लिन पाउने सम्झौताले अहिले भएको तरलता अभावलाई केहि सम्बोधन गर्ने पाण्डेले बताएका छन्। आइएफसीबाट प्राप्त कर्जालाई राष्ट्र बैंकले तोकेअनुसारको क्षेत्रमा लगानी गर्ने उनले बताए।

यसअघि इन्भेष्टमेण्ट बैंक र आइएफसीबिच व्यापार तथा वित्त क्षेत्रमा मिलेर काम गर्ने सम्झौता भइसकेको छ। व्यापार तथा वित्त क्षेत्रमा ५० लाख अमेरिकी डलरसम्मको लगानी गर्न दुबै पक्ष सहमत भएका थिए। प्राप्त रकम नेपाली साना तथा मझौला व्यवसायलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्न प्रयोग गरिने बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x