राष्ट्रिय वाणिज्य बैंकको १३औं वार्षिक साधारण सभा जेठ ३१ गते
काठमाडौं, १० जेठ । राष्ट्रिय वाणिज्य बैंकले जेठ ३१ गते १३औं वार्षिक साधारण सभाको लागि शेयरधनीहरुलाई बोलाएको छ । बैंकले एनआईडिसी डेभलपमेन्ट बैंकलाई आफुमा गाभेपछिको यो पहिलो बार्षिक साधारण सभा राख्ने भएको हो ।
बैंकले उक्त साधारण सभाका लागि शेयरदर्ता किताब बन्द जेठ १७ देखी २५ गतेसम्मका लागि गर्ने भएको छ ।