Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चाडपर्व पश्चात् पनि बिओकेको २५ प्रतिशत सम्मको नगदफिर्ता योजना

चाडपर्व पश्चात् पनि बिओकेको २५ प्रतिशत सम्मको नगदफिर्ता योजना

काठमाडौं, १५ कात्तिक । चाडपर्वहरुमा मात्र नभएर चाडपर्व पश्चात् पनि आफ्ना ग्राहक महानुभावहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबारमा २५ प्रतिशत सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ ।

यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्नुहुने ग्राहक महानुभावहरुले नगदफिर्ता योजना अवधिको प्रथम कारोबार रकमको २५ प्रतिशत वा रु. १५० सम्मको नगदफिर्ता पाउने छन् । यस नगदफिर्ता योजना यहि कार्तिक १५ गते मंगलबारबाट कार्तिक ३० गते बुधबारसम्म मात्र रहने भएकोले ग्राहकहरुलाई आजै नगदफिर्ता योजनाको फाइदा लिन बैंकले आग्रह गरेको छ ।
ग्राहक महानुभावहरुलाई विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले चाडपर्वहरुमा मात्र नभई बैंकले चाडपर्व पश्चात् पनि २५ प्रतिशत सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको बैंकले जनाएको छ ।

विद्मुतिय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि विभिन्न नगदफिर्ता तथा छुटको योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x