Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सिंहदरबारका कर्मचारी बोक्न यातायात व्यवसायीले देखाएनन् इच्छा

सिंहदरबारका कर्मचारी बोक्न यातायात व्यवसायीले देखाएनन् इच्छा

काठमाडौं, २७ कात्तिक । सिंहदरबार परिसर र यस आसपासका कर्मचारी ओसार्न सरकारले गरेको प्रस्तावमा यातायात व्यवसायीले चासो दिखाएका छैनन् । सोहीकारण अर्थ मन्त्रालयले यस्तो प्रस्ताव माग्दै तेस्रो पटक सूचना निकालेको छ । पहिलो पटक २ भदौमा अर्थ मन्त्रालयले प्रस्ताव मागेको थियो ।

एकीकृत निजामती कर्मचारी परिबहन सेवा अन्तर्गत ३०–३५ सिट क्षमताका २ वटा बस चलाउने गरी निजी यातायात व्यवसायीबाट मन्त्रालयले गरेको प्रस्ताव आह्वानमा व्यवसायी अनिच्छुक देखिएपछि मन्त्रालयले आइतबार तेस्रो पटक यस्तो सूचना जारी गरेको हो ।

सो सूचनामा इच्छुक व्यवसायीलाई १६औं दिन भित्र सिलबन्दी दरभाउ पत्र पेश गर्न भनिएको छ । अर्थ मन्त्रालयले दैनिक दुई पटक ओसार पसार गर्ने गरी बस चलाउने योजना बनाएको छ । मन्त्रालयले बिहान कार्यालय समय भन्दा १५ मिनेट अगाडि सिंहदरबारको दक्षिण गेटमा आउने र बेलुका कार्यालय समय छुटेपछि १५ मिनेटमा हिड्ने गरी बसको आह्वान गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x