Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल बैंकद्वारा ८६औं वार्षिकोत्सवको अवसरमा नयाँ थप ३ सेवाको घोषणा

नेपाल बैंकद्वारा ८६औं वार्षिकोत्सवको अवसरमा नयाँ थप ३ सेवाको घोषणा

काठमाडौं, ३० कात्तिक । नेपाल बैंक लिमिटेडले कात्तिक ३० गते बुधबार आफ्नो ८६ औं वार्षिकोत्सव बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा सम्पन्न गरेको छ ।

सो अवसरमा बैंकले क्लाइन्ट फिक्स डिपोजिट अकाउन्ट योजना, डलर प्रिपेर कार्ड अनलाइन ट्रान्जेक्सन सुबिधा सञ्चालन, सुनचाँदी कर्जालाई डिजीटाइज्ड गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी घोषणा गरेका छन् ।

सो कार्यक्रममा प्रमुख अतिथि गभर्नर महा प्रसाद अधिकारी रहनु भएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर हिमालय शम्शेर जबरा राणा, नेपाल सरकारका राजस्व सचिव रामेश्वर दंगाल, नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्याय लगाएतको उपस्थीति रहेको थियो ।

यस्तै बैंकले आफ्नो वार्षिक उत्सवको अवसारमा वार्षिक उत्सव विशेषाङ्क समेत विमोचन गरेको छ । बैंकिङ क्षेत्रको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लि वि.स १९९४ मा स्थापना भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x