Date

मङ्ल, बैशाख ३०, २०८२
Tue, May 13, 2025

लैङ्गिक हिंसा विरुद्ध जोन्टा क्लब अफ काठमाडौंको वाकाथन

लैङ्गिक हिंसा विरुद्ध जोन्टा क्लब अफ काठमाडौंको वाकाथन

काठमाडाैं, ११ मंसिर । जोन्टा क्लब अफ काठमाडौँले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि आफ्नो सक्रिय अभियानको रुपमा वाकाथन आयोजना गरेको छ । करिव ५०० भन्दा बढीको सहभागिता रहेको उक्त वाकाथन दरबारमार्गबाट शुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको थियो।

वाकाथनको अन्त्यमा लैङ्गिक हिंसा विरुद्धको सशक्त सन्देश बोकेको सडक नाटकको प्रदर्शन गरिएको थियो। यहि नोभेम्बर २५ तारिख देखि १० डिसेम्बर २०२२ सम्म संयुक्त राष्ट्र संघले मनाइरहेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई समर्थन गर्दै यस वाकाथन आयोजना गरिएको हो । संयुक्त राष्ट्र संघको यस वर्षको नारा ‘महिला र बालिकाहरु विरुद्ध हुने हिंसा अन्त्य गर्न एक होऔँं’ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *