नेपाल एसबिआई मर्चेन्टको सातौँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैं, २० मंसिर । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको सातौँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।
उक्त सभाले कम्पनीको आ. ब २०७८\७९ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७९ को वासलात, आ.ब. २०७८\७९ को नाफानोक्सान हिसाब लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।
यस्तै साधारणसभाले आ.व २०७९र८० को कम्पनीको लेखापरीक्षण गर्नका लागि एसएमसी एशोसियट्स, चार्टर्ड एकाउण्टेन्ट्लाई लेखापरीक्षकमा नियुक्ती एवं निजको पारिश्रमिक अनुमोदन गरेको छ ।