एनआईबीएल एस क्यापिटल र सस्तो डिलबीच लगानी सम्झौतामा
काठमाडाैं, २० मंसिर । एनआईबिएल एस क्यापिटल लिमिटेड र ईकमर्स कम्पनी सस्तोडिलबीच आइतबार लगानी सम्झाैता भएकाे छ । सम्झौता पत्रमा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलको तर्फबाट संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरेका हुन् ।
उक्त अवसरमा एनआईबिएल एसका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले ईकमर्सले संसारभरिका विभिन्न मूलूकको अर्थतन्त्र र व्यवसायमा ल्याउन सक्ने आमूल परिवर्तन स्थापित भइरहेको अवस्थामा नेपालमा पनि सो परिवर्तन ल्याउन सस्तोडिल सक्षम छ भन्ने कुरा कम्पनीले आफनो १० वर्षीय इतिहासमा प्रमाणीत गरेको बताए । ईकमर्स व्यवसायमा अग्रपंक्तीमा रहेको सस्तोडिलले विभिन्न बाधा अड्चनको बिच नेपालमा ईकमर्स व्यवसायलाई स्थापित गरको छ । उक्त कम्पनीले विभिन्न अन्तराष्ट्रिय ख्यातिप्राप्त संस्थाहरुसंग सम्झौता गरि अगाडि बढ््रदा, सस्तोडिल प्ल्याटफर्ममा प्रोडक्टहरुको सूची र व्यापार बढ्ने कूरामा विश्वस्त छाैं, उनले भने ।
उक्त अवसरमा सस्तोडिलका संस्थापक तथा सीईओ अमुन थापाले एनआईबिएल एस क्यापिटल जस्तो प्रतिष्ठित संस्थासंग सहकार्य गर्न पाउँदा अत्यन्तै खुसी भएकाे बताउँदै एनआईबिएलको नेपालभरको नेटवर्क, बैंकिब, भुक्तानी प्रणाली आदिको संजाल तथा विशेषज्ञता र पुँजी समेतको समायोजनले सस्तोडिललाई निकै प्रतिस्पर्धी बनाउने बताए । अन्य मुख्य लगानीकर्ताहरू – डोल्मा इम्प्याक्ट फन्ड, रमेश कर्पोरेशन, आईसीटीसी समूह र आईएमई समूह संगै अव एनआईबीएल एस समेतको सहकार्यमा सस्तोडिल नेपाल भित्र र बिदेशमा समेत परिचित ब्रान्डकोरुपमा स्थापित हुने लक्ष्यमा रहेकाे बताए ।
यस्तै डोल्मा इम्प्याक्ट फण्डका संस्थापक तथा सीईओ टिम गोचरले एनआईबीएल एसको लगानीले सस्तोडिलको सम्भावनालाई प्रकाश पार्नुको साथै स्थानीय स्तरमा हुने लगानीले सस्तोडिलकोब्यवसाय बृद्धिमा थप टेवा पुग्ने बताए ।