Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

असली सुकुम्बासीलाई व्यवस्थापन गरी नक्कलीलाई कारबाही गर्न मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र

असली सुकुम्बासीलाई व्यवस्थापन गरी नक्कलीलाई कारबाही गर्न मेयर बालेन्द्र साहलाई ज्ञापनपत्र

काठमाडौं, २० मंसिर । असली सुकुम्बासीको व्यवस्थापन गरी नक्कलीलाई कारबाही गर्न मेयर बालेन्द्र साहसँग माग राख्दै काठमाडौं महानगरपालिका अगाडि प्रदर्शन भएको छ । सुकुम्बासीका नाममा राजनीति भइरहेको भन्दै प्रदर्शनकारीले महानगरपालिका अगाडि प्रदर्शन गरेका हुन् ।

उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले महानगरसमक्ष ज्ञापनपत्र बुझाउँदै नक्कली सुकुम्बासीलाई हटाउने महानगरको कार्यमा आफूहरूको ऐक्यबद्धता रहेको बताएको छ ।

मेयर साहसमक्ष बुझाइएको सो पत्रमा थापाथलीस्थित ‘वागमती खोलाको किनारामा रहेको सार्वजनिक र सरकारी जग्गा अतिक्रमण गरी आफूखुशी मनलागी, अस्वाभाविक एवं अनियन्त्रित कथित सुकुम्बासीको बसोबासले सँगै रहेको खोलाको प्रदूषण, राजधानीको सौन्दर्यसमेतमा प्रतिकूल असर पारिरहेको’ उल्लेख छ ।

अस्तव्यस्त बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगति एवं दिउँसै खुलारूपमा घरेलु हातहतियारको प्रदर्शनी कारण समेतले राजधनी भयावह, असुरक्षित तथा सन्त्रासमय वातावरण उत्पन्न भई स्थानिय जनताहरु प्रति गहिरो मानसिक दबाब परी अशान्ति फैलिएको ज्ञापनपत्रमा उल्लेख छ ।

उनीहरूले काठमाडौं महानगर, नगरपालिका र कर्मचारीलाई साथ, सहकार्य, सहयोग र समर्थन जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x