Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

‘मूल्य वृद्धिको भर थेग्न सक्ने अवस्थामा छैनन् आम उपभोक्ता’

‘मूल्य वृद्धिको भर थेग्न सक्ने अवस्थामा छैनन् आम उपभोक्ता’

काठमाडौं, २० मंसिर । नेपाल राष्ट्र बैङ्कले गत शुक्रबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनले मूल्य वृद्धि दोहोरो अङ्क पुग्ने देखाएको छ । अध्ययनअनुसार आगामी आर्थिक वर्षसम्म मूल्य वृद्धि १२ प्रतिशतसम्म पुग्ने प्रक्षेपण देखिएको हो । आम उपभोक्ताको आय नबढ्ने तर मूल्यवृद्धि भइरहने हो भने आम नागरीकमा ठूलो संकट सिर्जना हुने देखिन्छ ।

मूल्य वृद्धिको मूख्य कारण निर्वाचन रहेको उपभोक्ता हित संरक्षण मचका महासचिव बिष्णु तिमिल्सिनाले बताए । व्यापारीले राजनीतिक पार्टीलाई चन्दा दिएको र त्यसैको असुलउपर अहिले मूल्य वृद्धि भएको उनको बुझाइ छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि अहिले नेपालमा ठूलो समस्याका रुपमा रहेको बताउँदै महासचिव तिमिल्सिनाल नेपाल आयल निगमले आफुले ऋण लिएको व्याजसहितको मृल्य वृद्धि गरेर नेपाली जनताको टाउकोमा थुपारेको बताए । ‘जसले गर्दा नेपाल आयल निगमले पूवाधार विकास शुल्क भनेर प्रत्ययेक लिटर डिजल र पेट्रोलमा १०÷१० रुपैयाँ मूल्यभार दिएको अवस्था छ, उनले भने, ‘नेपाली जनतालाई राहत दिनुपर्ने अवस्थामा उल्टै निगमले पूर्वाधार विकास भ्याट, ट्याक्स लगाएर अत्याधीक महंगो रुपमा चर्को असुली गरीरहेको अवस्था छ ।’

उपभोक्ता हित संरक्षण मञ्चका अनुसार कालोबजारी ऐन अन्तर्गत बढीमा अधिकतम् २० प्रतिशत नाफा खाने व्यवस्था छ तर अहिलेको खरिद र बिक्रि मूल्य हेर्ने हो भने २००÷३०० प्रतिशत उपभोक्तालाई ठगेको देखिन्छ । उपभोक्तालाई राहत दिन मूल्य सम्बन्धी स्पस्ट नीति बन्नु पर्ने नयाँ बन्ने सरकारको दायीत्व रहेको महासचिव तिमिल्सिनाले बताए । व्यवसायीहरुले मनपरि रुपमा मूल्य निर्धारण गर्दा त्यहि मूल्यमा उपभोक्ताहरु सामान खरिद गर्न बाध्य भएको र आम उपभोक्ताको दैनिकी नै कष्टकर बनेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x