ग्लोबल आइएमईको साधारणसभा सम्पन्न, १३.६ प्रतिशत लाभांश पारित
काठमाडौं, २३ मंसिर । ग्लाबल आइएमई बैंकको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज (शुक्रवार) काठमाडौंमा भएको सभाले चुक्तापूँजीको १३.६ प्रतिशत लाभांश पारित गरेको छ । सभाले हालको चुक्तापूँजी २३ अर्ब ७९ करोड ५८ लाख रुपैयाँको १०.६ प्रतिशतले हुने २ अर्ब ५२ करोड २३ लाख ४९ हजार र ३ प्रतिशतले हुने ७१ करोड ३८ लाख ७२ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।
उक्त बोनस शेयर वितरणसँगै बैंकको चुक्तापूँजी २४ अर्ब ५० करोड ९६ लाख रुपैयाँ पुग्नेछ । यसबाट बैंकको पूँजीगत आधार थप सुदृढ भई सम्बन्धित सबै पक्षको विश्वास बढ्ने तथा व्यवसाय विस्तारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
यसैबीच शुक्रवार नैं बैंक अफ काठमाडौं (बीओके)को विशेष साधारणसभा समेत सम्पन्न भएको छ । सभाले ६ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत १४.९५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।
यसैगरी ग्लोबल आइएमई बैंकसँग मर्जरका लागि शेयर स्वाप रेसियो अनुपात १ः१ को अनुमोदन गरेको छ ।