Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

‘नाे माउन्टेन टु हाइ’ नामक पुस्तक विमाेचन

‘नाे माउन्टेन टु हाइ’ नामक पुस्तक विमाेचन

काठमाडाैं, २४ मंसिर । नेपाल अष्ट्रेलिया फ्रेन्सिप एसाेसिएसनका अध्यक्ष राेड सेटलन्ड ओमले नाे माउन्टेन टु हाइ नामक पुस्तक लेखेका छन् । सन् ११९९ मा भएकाे ३० जना पर्यटकले गरेकाे पदयात्रा र भ्रमणबाट प्रभावित भएर राेड सेटलन्ड ओमले याे पुस्तक लेखेका हुन् । शुक्रबार साँझ एक कार्यक्रमबीच उक्त पुस्तक विमाेचन गरिएकाे हाे ।

काठमाडाैंकाे उत्तर पश्चिमी पहाडी क्षाेत्रमा २० वर्षकाे अवधीमा सेट गरिएकाे याे पुस्तकले दुर्गम बस्तीमा बसाेबार गर्ने तामाङ जातिहरूकाे व्यतिगत कथा बताउँछ । यसमा उनीहरूकाे राजनीतिक उपेक्षा, र सामाजिक विभेदकाे लामाे इतिहास झल्किन्छ ।

नेपाल अष्ट्रेलिया फ्रेन्सिप एसाेसिएसनले दुर्गम पहाडी बस्तिमा १० वर्षे जनयुद्ध र विनाुकारी भूकम्पले निम्त्याएकाे विपत्तीमा साँझेदारी गर्दै अगाडी बढेकाे छ । यस पुस्तकमा नेपाल अष्ट्रेलिया फ्रेन्सिप एसाेसिएसनमा स्वयमसेवक रूपमा रड र उनकी पत्नी डेब्सकाे व्यक्तिगत कथा पनि समेटिएकाे छ । 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x