Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पीपीपीका पूर्वाधार विकासमा आईएफसीले प्राविधिक तथा वित्तीय सहायता उपलब्ध गराउने

पीपीपीका पूर्वाधार विकासमा आईएफसीले प्राविधिक तथा वित्तीय सहायता उपलब्ध गराउने

काठमाडौं, २५ मंसिर । पूर्वाधार विकासका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र विश्व बैंक समूहअन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम ९आईएफसी०बीच सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारी मोडेलमा पूर्वाधार परियोजनाको विकास अघि बढाउने सम्बन्धमा दुई संस्थाबीच समझदारी गरिएको हो । शुक्रवार भएको उक्त सम्झौतामा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र एशिया प्रशान्त क्षेत्रका लागि आईएफसीका पीपीपी ट्रान्जेक्सन एड्भाइजरी सर्भिसका प्रबन्धक थोमस ल्युबेकले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नेपालमा सार्वजनिक निजी साझेदारीका पूर्वाधार विकासका कामलाई गति दिन आईएफसीले निफ्रालाई प्राविधिक तथा वित्तीय सहायता उपलब्ध गराउनेछ । साथै परियोजनाको पहिचान र पहिचान गरिएका परियोजनाको प्रारम्भिक मूल्यांकन तथा क्षमता विकासमा समेत आईएफसीले निफ्रासँग सहकार्य गर्नेछ ।

निफ्रा र आईएफसीबीच भएको समझदारी नेपालको पूर्वाधार विकासलाई गति दिन कोसेढुंगा सावित हुने निफ्राका प्रमुख कार्यकारी अधिकृत खतिवडाले बताएका छन् । यस्तै आईएफसीका प्रनिनिधि ल्युबेकले नेपालको निजीक्षेत्रसँग अर्थतन्त्रलाई अघि बढाउने प्रचुर सम्भावना रहेको भन्दै उक्त सहकार्यले यसमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । सम्झौताले सार्वजनिक–निजी साझेदारीलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ ।

मुलुकका पूर्वाधारका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा निफ्राको स्थापना गरिएको थियो । २०७५ फागुन २२ देखि औपचारिक रूपमा सेवा शुरू गरेको यस बैंकले जलविद्युत्, पर्यटन, होटल, हस्पिटल लगायत क्षेत्रका दर्जनौं परियोजनामा लगानी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x