Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२.५७ अंकले घट्याे नेप्से, ५८ करोड ८९ लाखकाे कारोबार

२.५७ अंकले घट्याे नेप्से, ५८ करोड ८९ लाखकाे कारोबार

काठमाडौं, २७ मंसिर ।  साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से २.५७ अंकले घटेकाे छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज २.५७ अंकले घटेर १ हजार ८ सय ९९ विन्दुमा पुगेर बन्द भएकाे हाे ।

नेप्से परिसूचक स्थिर रहेपनि कारोबार रकममा भने कमी आएको छ । सोमबारको तुलनामा सेयर कारोबार रकम ५८ करोड ८९ लाख रुपैयाँले कमी आएको हो । आज ७७ करोड ७० लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ९० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १२ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज २४८ धितोपत्रको २० लाख ५८ हजार ५१० कित्ता ७७ करोड ७० लाख रुपैयाँमा खरिद भएको छ । सोमबार एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको थियो । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य गत कारोबार दिनको तुलनामा २०५ रुपैयाँ ४० पैसा वृद्धि भएको छ ।

सर्वाधिक रुपैयाँको सेयर कारोबार नबिल बैंक लिमिटेडको भएको छ । यो कम्पनीको सात करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो कम्पनीको सेयरमूल्य ८०७ रुपैयाँ १० पैसा कायम भएको छ ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये चारवटा समूहको परिसूचक वृद्धि भएको छ । आज म्युचुअल फन्ड, जलविद्युत्, निर्जीवन बिमा र वित्त समूहको परिसूचक वृद्धि भएको हो । बाँकी सबै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x