Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

तरलता व्यवस्थापन गर्न २० अर्बको रिपो जारी

तरलता व्यवस्थापन गर्न २० अर्बको रिपो जारी

काठमाडौ, २९ मंसिर । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको रिपो जारी गरेको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन केन्द्रीय बैंकले १४ दिने रिपो जारी गरेको हो।

वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाले आउँदो पुस १४ गते परिपक्व हुने यो रिपो बिहीबार दिउँसो २ बजे बोलकबोलमार्फत खरिद गर्न सक्ने बताइएको थियो । बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तरबैंक सापटी र स्थायी तरलता सुविधा प्रयोग गर्दछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x