नेपालको व्यापार प्रवद्र्धन गर्न झापाको मेची पूललाई भारत र बंगलादेशसंग जोड्न आवश्यक
काठमाडौं, १३ जेठ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले देशको आर्थिक समृद्दीको लागि झापाको मेची पूललाई भारत र बंगलादेशसंग जोड्नुपर्ने बताएका छन् । अध्यक्ष श्रेष्ठले उक्त कुरा झापा चेम्बर अफ कमर्सको पदस्थापन तथा सपथ ग्रहण समारोह कार्यक्रममा बताएका हुन् ।
नेपालको ब्यापार अधिकत्तम भारतसंग भएकोले झापा जिल्ला र मेचि अञ्चललाई भारतसंग मात्र होइन, बंगलादेशसंग समेत आधुनिक पूर्वाधारले जोडेर बदलिदो दक्षिण एसियाली ब्यापारबाट नेपालले फाइदा लिन सकिने अध्यक्ष श्रेष्ठको भनाइ रहेको छ ।
स्थानीय स्तरमा उत्पादन हुने चिया, अदुवा तथा अन्य कृषि जन्य बस्तुहरुलाई नेपाल चेम्बर अफ कमर्सको सहयोगमा अन्तर्राष्ट्रिय बजारमा प्रबर्धन गर्न सकिने कुरा पनि उनले बताएका छन् । जसका लागि सरकारले नीजि क्षेत्रलाई मुख्य साझेदारको रुपमा सहकार्य गर्नुपर्नेमा उनको जोड रहेको छ ।