अर्थमन्त्रीले शेयर बजार स्थिरता उन्मुख भनिरहँदा नेप्से झरेर १३ सय विन्दु नजिक
काठमाडौं, १३ जेठ । आइतबार सरकारले संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरिरहँदा नेप्से परिसुचकले भने तल झर्ने प्रवृति देखाइरहेको थियो । विगतमा सरकारले बजेट ल्याउने समयमा नेप्से परिसुचकमा वृद्धि देखिने भए पनि यस वर्ष भने त्यसको उल्टो प्रतिक्रिया शेयर बजारले देखाइ रहेको छ ।
नैप्से परिसुचक आज दोहारो अंकले घटेको छ । संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा शेयर बजार स्थिरता उन्मुख रहेको बताउका थिए । तर यता नेप्सेमा भने गिरावट यथावत नै रहेको थियो । आज शेयर बजारमा आएको १७.८१ अंकको गिरावटसंगै नेप्से परिसुचक १३००ं४१ विन्दुमा पुगेको छ । शेयर बजार आज समग्र १.३५ प्रतिशतले घटेको छ ।
आइतबार कुल १६१ कम्पनीहरुको १० लाख २३ हजार ७३६ कित्ता शेयरको किनबेचबाट ३९ करोड ६८ लाख ६७ हजार ७५२ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।