Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एक वर्षमै लगानीकर्ताले गुमाए ८ खर्बभन्दा बढी, अझै पर्ख र हेरको अवस्थामा लगानीकर्ता

एक वर्षमै लगानीकर्ताले गुमाए ८ खर्बभन्दा बढी, अझै पर्ख र हेरको अवस्थामा लगानीकर्ता

मानमती पाण्डेय

काठमाडौं, ८ पुस । करिब दुई वर्षयता निरन्तर घट्दै आएको शेयर बजारमा अझै सुधार हुने संकेत देखिएको छैन ।अघिल्लो वर्षको भदौमा सर्वाधिक बढेर ३१९९ अंकमा पुगेको शेयर बजार मापक नेप्से परिसूचक निकै उतारचढाव हुँदै अहिले (बिहीवार) १ हजार ८ सय ६७ दशमलव २१ को विन्दुमा झरेको छ, जुनसोअवधिको तुलनामा ४२ प्रतिशत भन्दा कम हो । यस्तै गतवर्षकै पुस पहिलो हप्ताको तुलनामा शेयर बजार करिब २३ प्रतिशतले घटेको छ भने शेयर बजार पूँजीकरण समेत ८ खर्ब २५ अर्बले खुम्चिएको छ । बिहीवार बजार बन्द हुँदा कुल बजार पूँजीकरण २७ खर्ब रहेको छ, जुन गतवर्षको यसै दिन ३५ खर्ब २५ अर्ब रुपैयाँ बराबर थियो ।

यसरी बजार ठूलो अंकले निरन्तर घट्दा लगानीकर्ताको मनोबल खस्किएको छ ।नेपाल सरकारको पुँजीगत खर्च हुन नसक्नु, बढ्दो ब्याजदर, बैंक तथा वित्तीय संस्थामा तरलता अभाव र सेयर धितो कर्जामा ४÷१२ को सिमा लगायत कारण सेयर बजारले गति लिन नसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पूर्व सिईओ चन्द्रसिंह साउद बताउँछन् । ‘नेपालका लगानीकर्ता आफ्नै स्वपूँजीबाट मात्र बजारमा छिरेका छैनन् । कतिपय लगानीकर्ता व्यापारको पैसा र कतिपयले बैंकबाट ऋण लिएको अवस्था छ,’ उनले भने, ‘बजारमा लगानी गर्न लगानीकर्ताले वित्तीय संस्थाबाट लिएको ऋण चुुक्ता गनुपर्ने परिस्थिति आयो, जसले बजारमा सेयरको सप्लाई बढी र डिमाण्ड कम भयो, सोही कारणा बजार बढ्न नसकेको हो ।’

यसैगरी तरलताको अभावसँगैअस्थिर राजनीतिक अवस्था, बजार सम्बन्धी झुठा खबर, सेयरबजार सम्बन्धी नीति र बजारलाई नियमन गर्ने बहानामा सरकार तथा राज्यका तर्फबाट गरिने नियन्त्रणले बजारलाई प्रभावित बनाउने गरेको नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

यस्तै अहिलेको घट्दो बजारमा संंयमित हुन नसक्दा बजार अझै घट्ने मनोविज्ञानले धेरै लगानीकर्ता बजारबाट बाहिरिन थालेको उनको भनाइ छ । ‘अहिले सेयर बजार मात्र नभएर सबै क्षेत्रको अवस्था धराशयी नै देखिन्छ । दोस्रो बजारमा प्रवेश गर्ने लगानीकर्ताले कुनै जोखिम नहेरी अन्दाधुन्ध लगानी गर्ने र बजार घट्दा आफूसँग भएको राम्रै स्टक पनि हतारमा बेच्ने प्रवृत्तिले लगानीकर्ता डुब्ने गरेका छन्,’ उनले भनिन् ।

पूँजी बजारमा लगानी गर्ने हो भने बजार हल्लाको भरमा लगानी नगरेर लगानी गर्न लागिएको संस्थाको आधारभूत पक्षहरू, जस्तै विगतको लाभांश, संस्थाको वर्तमान अवस्थामा व्यवसायको वृद्धि, संस्थाको प्रतिसेयर आम्दानी, संस्थाको सञ्चालक समिति र व्यवस्थापन पक्ष, संस्थाले आगामी दिनमा दिनसक्ने क्षमता हेरेर मात्र लगानी गर्नुपर्ने साउदले बताए ।पूँजी बजारको सुधारका लासिरकारले पूँजीगत खर्च पनि प्रशस्त मात्रामा गरेर तरलताको समस्या समाधान गर्नुपर्ने र बजारमा लगानीका विभिन्न उपकरण एवं सुविधा ल्याउनुपर्ने खाँचो उनले औंल्याए ।

नयाँ सरकारप्रति आशा
नेपाली सेयर बजारमा लगानीकर्ताको सकारात्मक तथा नकारात्मक मनोविज्ञानले पनि प्रभाव पारिरहेको हुन्छ । साथै सरकार कुन राजनीतिक दलमा गठन हुन्छ र सम्बन्धित मन्त्रालयमा कस्ता व्यक्ति आउँछन् भन्ने विषयले पनि यसमा ठूलो अर्थ राख्ने गरेको छ ।गत मंसिर ४ मा प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएर निर्वाचित सांसदहरूले शपथ ग्रहण गरिसकेको अवस्था छ । संवैधानिक व्यवस्था अनुसार केही दिनमै नयाँ सरकार गठन हुनेछ । अतः नयाँ आउने सरकारप्रति यस क्षेत्र ठूलो आशा छ ।

‘बजारको घट्दो प्रवृत्तिले मनोबल कमजोर बनेका लगानीकर्ता अहिले नयाँ बन्ने सरकारप्रति निकै आशवादी छन्,’ नेप्सेका पूर्व सिइओ साउदले भने,‘बजारमा नयाँ नेतृत्वको प्रभाव त अवस्य नै पर्छ। तर अहिले नैै केही भन्न सकिने अवस्था छैन,लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।’

यस्तै संघकी अध्यक्ष पोखरेलले नयाँ बन्ने अर्थमन्त्रीले पुँजी बजारलाई सकारात्मक रूपमा अगाड बढाउन नयाँ र बजारमैत्री नीति ल्याउनुपर्ने खाँचो औंल्याइन् । साथैसरकारको सेयर बजारलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने उनको भनाइ छ । यसैगरी सेयर बजारको दायरालाई विस्तार गर्नुपर्ने लगानीकर्ताहरु बताउँछन् । शहर बजारमा मात्र सीमित रहेको सेयरबजारलाई अब ग्रामिण भेगसम्म पु¥याउनुपर्ने पोखरेलले बताइन् । ‘यसलाई दार्चुला, हुम्ला, जुम्लासम्म पु¥याउन बैंकलाई ब्रोकर लाइसेन्स दिने काम अघि बढाउनुपर्छ, बजारमा आउन चाहने ठूला कम्पनी रोकिएको अवस्था छ, नियामक निकायले त्यसमा सहजीकरण गरिदिनुपर्छ,’उनले भनिन्, ‘सरकारले शेयर बजारमैत्री अन्य व्यवस्था समेत गरेमा अहिलेको बजार दिगो रूपमा अघि बढ्न सक्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x