Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सम्पन्न, १४ विधामा अवार्ड वितरण

इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सम्पन्न, १४ विधामा अवार्ड वितरण

काठमाडौं, ८ पुस । लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले सम्पन्न भएको छ । आज शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको ग्राण्ड फिनाले कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै सातौं संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो ।

आइसिटी अवार्डका संयोजक राजन लम्सालको सभापतित्वमा सुरू भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले प्रविधीमार्फत गरेका थिए ।

प्रतिनिधि सभा सदस्यहरु ठाकुर गैरे, महेश बर्तौला, मनीष झा, शिशिर खनाल लगायतको उपस्थिती रहेको कार्यक्रममा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल र राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीकोे उपस्थिति रहेको थियो ।

त्यस्तै अतिथिको रूपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव मधु मरासिनी, नास्टका उपकुलपति सनिलबाबु श्रेष्ठ, आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल , पूर्व मन्त्री गणेश शाह , राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुँयाल, राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र लगायतको उपस्थिति रहेको थियो ।

साथै कार्यक्रममा सरकारी संस्थाका उच्च अधिकारी, सूचना प्रविधि क्षेत्रका विभिन्न अग्रज व्यक्ति, सहकार्य संस्थाका प्रतिनिधि, सूचना प्रविधि कम्पनीका प्रतिनिधि, पत्रकार लगायत देश तथा विदेशबाट समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्त्वय राख्दै आइसिटी अवार्ड संयोजक राजन लम्सालले नेपालमा डिजिटल इकोसिस्टम विकास गर्न विगत सात वर्षदेखि अवार्ड आयोजना गरिरहेका बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x