Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

५ महिनामा ७ खर्ब ३२ अर्बको वैदेशिक व्यापार

५ महिनामा ७ खर्ब ३२ अर्बको वैदेशिक व्यापार

काठमाडौं, ९ पुस। नेपालले चालू आर्थिक वर्षको ७ महिना अवधिमा कुल सात खर्ब ३२ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार नौ खर्ब ४१ अर्ब रुपैयाँ नाघेको थियो ।

भन्सार विभागका अनुसार मङ्सिरसम्म नेपालले छ खर्ब ६४ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत वर्ष सोही अवधिसम्म नेपालले आठ खर्ब ३८ करोड रुपैयाँको वस्तु आयात गरेको थियो । यस हिसाबले वस्तु आयात करिब एक खर्ब ७५ करोड रुपैयाँले घटेको छ ।

विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले केही वस्तु आयातमा लगाएको प्रतिबन्ध, केन्द्रीय बैङ्कले तीन दर्जन वस्तुको आयातमा जारी गरेको शतप्रतिशत मार्जिनको व्यवस्थाले आयात प्रभावित बनेको हो तर व्यवसायी भने अत्यधिक मूल्य वृद्धि र तरलताको अभावमा बजारमा माग नै घटेका कारण आयात घटेको बताउँदै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *