Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

यी हुन् पर्यटन दशक कार्ययोजनाका विशेषता

यी हुन् पर्यटन दशक कार्ययोजनाका विशेषता

काठमाडौं, ९ पुस । नेपाल पर्यटन दशक (२०२३–३२)को रणनीतिक कार्ययोजना तयार भएको छ । रणनीतिक कार्ययोजनाको रुपरेखा तयार गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन बिहिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई बुझाएको छ ।

कार्ययोजनामा नेपालमा सबै मौसम र वर्षैभरी पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ सन् २०२३ देखि २०३२ सम्म हरेक बर्ष सम्पन्न गरिने कार्यक्रमबारे उल्लेख गरिएको छ । नेपाल आउने विदेशी पर्यटकको संख्या सन् २०३२ सम्ममा ३५ लाख पुर्‍याउने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै आगामी दुई वर्षभित्र पर्यटन क्षेत्रलाई कोरोना संक्रमणकाल भन्दा पूर्ववत अवस्थामा पु¥याउने कार्ययोजनामा उल्लेख छ । यस्तै आगामी १० वर्ष भित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने कार्ययोजनामा उल्लेख छ ।

विश्वव्यापी कोभिड महामारीका कारण विगत तीन वर्षमा पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएकोले दीर्घकालीन सोंच सहितको पुनरुत्थान आवश्यक भएकोले पर्यटन दशकको अवधारणा ल्याइएको मन्त्री श्रेष्ठले बताए । नेपालको भौगोलिक, प्राकृतिक, वातावरणीय, सामाजिक, सांस्कृतिक, धार्मिक विविधतालाई पर्यटन क्षेत्रसँग आवद्ध गर्ने साथै पर्यटकीय सम्भाव्यताको आधारमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी त्यस्ता क्षेत्रमा बहुपक्षीय पूर्वाधारको विकास गर्ने कार्ययोजनामा उल्लेख छ । पर्यटकहरुको आगमनलाई अभिबृद्धि गर्न हवाई सेवालाई थप ब्यवस्थित, नियमित र गुणस्तरीय बनाउँदै अन्य मुलुकका वायुयानहरुसँगको अन्तर सञ्जालमा आवद्ध गर्ने कार्ययोजनामा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x