Date

शुक्र, बैशाख २१, २०८१
Fri, May 3, 2024

नक्सालस्थित आफ्नै नयाँ भवनमा सर्‍याे सिद्धार्थ बैंक

नक्सालस्थित आफ्नै नयाँ भवनमा सर्‍याे सिद्धार्थ बैंक

काठमाडौं, १० पुस । सिद्धार्थ बैंक लिमिटेड नयाँ नक्सालस्थित भवनबाट सञ्चालनमा आएको छ । २०औं वार्षिकोत्सवको अवसरमा आइतवार बैंकको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । हात्तीसारस्थित बैंकको प्रधान कार्यालय आफ्नै भवनमा सरेको हो । नवनिर्मित भवनको उद्घाटन बैंकका अध्यक्ष मनोजकुमार केडिया तथा संस्थापक अध्यक्ष चिरञ्जिलाल अग्रवालले गरेका हुन् ।

विभिन्न वर्गका ग्राहकहरु, व्यापारी तथा उद्योगीहरुमाझ उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ उक्त कार्यालयको निर्माण गरिएको जनाइएको छ ।

सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडिया बैंक वित्तिय क्षेत्रमा अन्य फाइनान्सियल सर्भिस क्षेत्रमा अन्य विभिन्न सिद्धार्थ इन्स्योरेन्स, सिद्धार्थ क्यापिटल, सिद्धार्थ रिलायन्स् लाइफ इन्स्योरेन्स र हालै यसले इक्युइटि स्थापना गर्न सफल भएको बताए ।

अत्याधुनिक प्रविधिमैत्री बैंकिङ्ग मार्फत आम ग्राहकहरु समक्ष उच्चस्तरिय सेवा प्रदान गर्ने उद्देश्य प्राप्तीमा नवनिर्मित भवनले सहजता प्रदान गर्ने विश्वास लिएको जनाइएको छ ।

यस्तै कार्यक्रममा बोल्दै सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ सुन्दर प्रसाद कडेलले अत्याधुनिक प्रविधिमैत्री बैंकिङ्ग मार्फत आम ग्राहकहरु समक्ष वित्तिय पहुँच उपलब्ध गराउँदै आएको बैंकको २० वर्षे इतिहास सन्तोषजनक रहेको बताए ।यस्तै उनले ३५ करोड रूपैयाँको चुक्ता पुँजीबाट बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रूपैयाँ अर्थात ३६ गुणाले वृद्धि भएको बताए । बैंकले ग्राहक मैत्री र इन्नोभेटिभ प्रोडक्टलाई पहिलो प्राथामिकतामा राखेर काम गर्दै आएको बताए । डिजिटल पेमेन्ट च्यानललाई कोर मोडलको रूपमा विकास र विस्तार गरेर कस्टमर सेन्ट्रिक प्रोडक्ट इनोभेसन गरेर २ पटक पुरस्कृत समेत भएको जानकारी दिए ।

देशभर सिद्धार्थ बैंकको कुल निक्षोप २०४ अर्ब, कर्जा लगानी १८४ अर्ब र बैंकको कुल सम्पति २५३ अर्ब पुगेको छ र। यस्तै देशभर बैंकको १९५ शाखा उपशाखा रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x