Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

करिब ७ प्रतिशतले बढ्यो धान उत्पादन

करिब ७ प्रतिशतले बढ्यो धान उत्पादन

काठमाडौं, १५ पुस । यो वर्ष मुलुकभर धान उत्पादन झन्डै ७ प्रतिशतले बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यो वर्ष धान उत्पादन ६ दशमलव ९४ प्रतिशतले बढेर ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको बिहीबार सार्वजनिक गरेको हो । यो वर्ष धानको उत्पादन बढे पनि धान खेती गरिएको क्षेत्र भने २ प्रतिशतले घटेर १४ लाख चार हजार ७८९ हेक्टर रहको जनाइएको छ ।

गत वर्ष धान थन्क्याउने बेला आएको बेमौसमी वर्षाका कारण ८ दशमलव ७४ प्रतिशतले घटेर ५१ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले यो वर्ष धानको उत्पादन ७ प्रतिशतको हाराहारीमा बढेको जानकारी दिनुभयो । मौसम औसत रहेको, तराईका जिल्लामा रासायनिक मलको उपलब्धता, उन्नत र हाइब्रिड बीउ प्रयोगमा भएको वृद्धि तथा स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँच वृद्धि भएकाले उत्पादनमा बढेको बताए । गत वर्षको तुलनामा धानको उत्पादन बढे पनि विगतका वर्षको तुलनामा सामान्य अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x