Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

‘द अवार्ड फर कर्पाेरेट एक्सिलेन्स’ र ‘द अवार्डस फर डिस्टिंग्युज्ड सर्भिस’ को दोस्रो संस्करण सम्पन्न

‘द अवार्ड फर कर्पाेरेट एक्सिलेन्स’ र ‘द अवार्डस फर डिस्टिंग्युज्ड सर्भिस’ को दोस्रो संस्करण सम्पन्न

काठमाडाैं, ७ पुस । कोर्पोरेट क्लब नेपालले ‘द अवार्ड फर कर्पाेरेट एक्सिलेन्स (एसीइ)’ र ‘द अवार्डस फर डिस्टिंग्युज्ड सर्भिस (एडिएस)’ को दोस्रो संस्करण सम्पन्न गरेको छ। नेपालको निजि क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने संस्था तथा व्यक्तिहरुको सम्मान गर्नका लागि यस कार्यक्रमको आयोजना गरिएको हो ।

उपराष्ट्रपति नन्दबहादुर पुनकाे मुख्य आथित्यमा बिहीबार आयोजित एक समारोहबीच विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट संस्थाहरूलाई अवार्ड प्रदान गरिएको थियो। नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) ले उक्त अवार्डको फिनटेक विधामा अवार्ड प्राप्त गरेकाे छ । त्यस्तै, उत्पादक तर्फ पोखरा नुडल्स प्रा. ली., वित्तीय संस्था तर्फ सिद्धार्थ बैङ्क लिमिटेड, इन्स्योरेन्स तर्फ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आइएसपी तर्फ वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड, आइटीमा क्लाउड फ्याक्ट्री नेपाल, होटेल तर्फ सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी, स्वास्थ्य तर्फ बयलपाटा अस्पताल, फार्मस्कयूटिकल तर्फ नेपाल औषधि प्रयोगशाला प्रा. ली. ले अवार्ड पाएका थिए। सो समारोहमा युनिलिभर नेपाल लिमिटेड, सानिमा माई हाइड्रोपावर लिमिटेड, पैँचो पसल प्रा. ली., दराज, बुद्ध एयर प्रा. ली., रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सीई कन्स्ट्रक्सन प्रा. ली. ले अवार्ड प्राप्त गरेका थिए। लिडरसिप फिमेलमा सुश्री सेवा पाठक र मेलमा श्री सिद्धार्थ समसेर जबरा ले अवार्ड प्राप्त गरेका छन्।

यस्ता कार्यक्रमले समाजमा सबैको मनोवल बलियो पार्नुको साथै समाजमा राम्रो काम गर्नका लागि प्रेरित र प्रोत्साहन गर्ने विश्वास आयोजकको रहेकाे छ । आयोजक कमिटिका अध्यक्ष मोहन ओझाले आगामी दिनमा यस कार्यक्रमलाई विभिन्न क्षेत्रमा लागि पर्नु भएका सबैको साझा कार्यक्रम बनाउने विश्वासका साथ अधि वढिरहेकाे बताए।

यस कार्यक्रमको तयारी पछिल्लो छ महिना देखि नै सुरुवात भएको थियो र निर्णयक मण्डलले यसमा पछिल्लो ५ महिना देखि अनवरत रुपमा कार्यसम्मपन्न गरेका थिए । सो निर्याक मण्डल को नेतृत्व प्रो. डा. फत्त बहादुर के. सी.  थिए र अन्य निर्यायक सदस्यहरुमावुमन फर ह्युमन राइट्स का संस्थापक अध्यक्ष  लिली थापा , वरिष्ठ पत्रकार बबिता बस्नेत , भुवन दाहाल, त्यसैगरि सफल पार्टनरका सिइओ ओषुतोश तिवारी, पत्रकार पुष्प राज आचार्यु र आइडिया स्टुडियोका कार्यकारी अध्यक्ष डा. छिरिंग लामा थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x