Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

जेबिल्स् फाइनान्सले तोक्यो हकप्रद निष्कासनको लागि बुक क्लोजको मिती

जेबिल्स् फाइनान्सले तोक्यो हकप्रद निष्कासनको लागि बुक क्लोजको मिती

काठमाडौं, १४ जेठ । हकप्रद शेयर निष्कासनको लागि जेबिल्स् फाइनान्सले शेयर दर्ता किताब बन्दको मिती तोकेको छ । फाइनान्सले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि जेठ २३ गते शेयर दर्ता किताव बन्दको मिती तोकेको जानकारी दिएको छ । जेठ २२ गतेसम्म फाइनान्सको शेयर किन्ने लगानीकर्ताहरुले उक्त हकप्रद शेयरको लागि आवेदन दिन सक्नेछन् ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार ६५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । उक्त हकप्रद शेयर निष्कासनको लागि फाइनान्सले सनराईज क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

हकप्रद शेयर पुँजीकरण पछि फाइनान्सको चुक्ता पुँजी ८० करोड ९१ लाख रुपैयाँ पुग्ने छ । फाइनान्सको हाल चुक्ता पुँजी ५७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x