Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सनराइज बैंक र फ्रन्टलाइन हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

सनराइज बैंक र फ्रन्टलाइन हस्पिटलबीच छुट सम्बन्धी सम्झौता

काठमाडाैं, २२ पुस । सनराइज बैंक लिमिटेड र फ्रन्टलाइन हस्पिटलबीच हस्पिटलको सेवामा छुट सम्बन्धी सम्झौता भएकाे छ । छुटसम्बन्धी सम्झौता पत्रमा बैंकका कर्पोरेट मार्केटिङ प्रमुख विवेक निरौला र अस्पतालका चिफ अपरेटिङ अफिसर सुरेशकुमार मनोहरनले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार बैंककाका ग्राहकले काठमाडौंको पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलको सेवामा विशेष छुट पाउने भएका छन् । ग्राहकहरुले यस बैंकको के्र्रडिट, डेबिट कार्ड वा मोवाइल बौकिङ मार्फत फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवा तथा उपचार सुविधामा छुट लिन सक्ने भएका हुन् ।

बैंकका ग्राहकहरुले फ्रन्टलाइन हस्पिटलको ओपीडी सेवा र बेड शुल्कमा १३ प्रतिशत, ओपीडी फार्मेसीमा ७ प्रतिशत र शल्यक्रिया सेवा शुल्कमा ५ प्रतिशत छुट पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x