Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

अब सातओटै प्रदेशबाट श्रम स्वीकृति दिइने

अब सातओटै प्रदेशबाट श्रम स्वीकृति दिइने

काठमाडौं, २३ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँबाट मात्रै दिँदै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशबाट दिने तयारी गरेको छ ।

प्रदेश १ र मधेश प्रदेशबाट मात्रै श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । प्रदेश १ को विराटनगर र मधेश प्रदेशको जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुस २४ गते आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति दिने भएको हो । यी कार्यालयबाट पुनः श्रम स्वीकृति मात्रै हुँदै आएकोमा आइतबारदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि दिने तयारी भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

आगामी आइतबारदेखि विराटनगर र जनकपुरमा रहेको श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति दिने गरी तयारी पूरा भएको वैदेशिक रोजगार विभागका महानिर्देशक उमाकान्त आचार्यले जानकारी दिए । जनकपुर र विराटनगरमा सेवा गरेसँगै सातै प्रदेशबाट सबैखाले श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको महानिर्देशक आचार्यको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x