Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मुक्तिनाथ विकास बैंक र काठमाडाैं इन्सिट्युट अफ चाइल्ड हेल्थबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र काठमाडाैं इन्सिट्युट अफ चाइल्ड हेल्थबीच सहकार्य

काठमाडाैं, २४ पुस । मुक्तिनाथ विकास बैंकले १६ औं वर्ष सफलतापुर्वक पुरा गरी १७ औं वर्षमा प्रवेश गरेसँगै दिगो विकासमा टेवा पुग्ने सामाजिक उत्तरदायित्व अभियानलाई निरन्तरता दिँदै काठमाडाैं इन्सिट्युट अफ चाइल्ड हेल्थसँग सम्झाैता गरेकाे छ ।

एक औपचारिक कार्यक्रम बीच बैंकको तर्फबाट अध्यक्ष भरत राज ढकाल र काठमाडाैं इन्सिट्युट अफ चाइल्ड हेल्थका तर्फबाट प्रोफेसर डा. भगवान कोईरालाले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता बमोजिम झापा जिल्ला दमक स्थित निर्माणाधिन बालअस्पताल निर्माणको लागि बैंकले रु ५ लाख सहयोग गर्नेछ ।

बैंकले गरेको यस सहयोगबाट बालबालिकाको स्वस्थ्य उपचारमा आवश्यक पर्ने पुर्वाधार बन्ने तथा उपचारमा सहजता हुने विश्वास लिएको बैंकका प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेलले बताए ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x