Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार शुरू

प्रभु बैंक र सेञ्चुरी बैंकको एकीकृत कारोबार शुरू

काठमाडौं, २६ पुस । मर्जर सम्पन्न भएसँगै प्रभु बैंक र सेञ्चुरी कमर्शियल बैंकको एकीकृत कारोबार शुरू भएको छ । एकीकृत कारोबार शुरू गर्न मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद एवं प्रभु बैंकका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् । मर्जरपछि प्रभु बैंक लिमिटेडकै नामबाट एकीकृत कारोबार शुरू गरिएको हो ।

कार्यक्रममा बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाले अहिले बैंकिङ क्षेत्रमा चुनौती रहेको अवस्थामा मर्जरपछि ठूलोे बैंक भन्दा ठूला आयोजनाहरूमा लगानी जुटाउन सहज हुने बताउनुभयो ।

मर्जरपछि बनेको बैंकको प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन हुनेछन् भने डेपुटी सीईओमा मनोज न्यौपाने हुनेछन् । संचालक समितिमा प्रभु बैंकबाट ४ र सेञ्चुरीबाट ३ जना रहने छन् ।

मर्जरपछि बन्ने बैंकको कुल सम्पत्ति ३ खर्ब ४० अर्ब, चुक्तापुँजी २३ अर्बभन्दा बढी, कुल निक्षेप २ खर्ब ८४ अर्ब, कुल कर्जा लगानी २ खर्ब ५३ अर्ब, शाख संख्या ३६५, एटिएम ३०९, एक्सेन्टस काउन्टर ७२ र ग्राहक संख्या ३० लाख बढी हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x