लुम्बिनी विकास बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडाैं, २६ पुस । लुम्बिनी विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्मपन्न भएकाे छ । मंगलबार सम्मपन्न सभमले २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ९ नगद (कर प्रयोजन समेत) गरी कूल १२ प्रतिशत लाभांश पारित गरेकाे छ ।
बैंकको सभाले संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोकेकाे छ ।
कुल सम्पत्ति ५६ अर्ब ६८ कराेड रहेकाे बैंककाे हालकाे चुक्ता पूँजी ३ अर्ब २८ काराेड रहेकाे छ ।