Date

शनि, बैशाख २९, २०८१
Sat, May 11, 2024

बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडाैं, २६ पुस । सरकारले पुस २७ गते अथार्त पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै बुधबार पृथ्वी जयन्ती परेका कारण सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रालयबाट जारी सूचनामा भनिएको छ, ‘पुस २७ गते बुधबारका दिन पृथ्वी जयन्तीको अवसरमा नेपाल राज्यभर र विदेशस्थित नेपाल राजदुतावास तथा कुटनीतिक नियोगहरुमा समेत सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।’

राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो। सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x