संसदमा विश्वासकाे मत माग्दै प्रधानमन्त्री दाहाल
काठमाडाैं, २६ पुस । मंगलबारकाे प्रतिनिधिसभा बैठक सुरु भएकाे छ। केहीबेर अघि संघीय संसद् भवन नयाँ बानेश्वरमा सुरु भएकाे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत माग्दैछन् ।
प्रधानमन्त्री नियुक्त भएकाे ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासकाे मत ल्याउनुपर्ने प्रावधान अनुसार उनले आज संसदबाट विश्वासकाे मत लिन लागेका हुन्।विश्वासकाे मत लिनका लागि प्रधानमन्त्री प्रचण्डले १३८ सांसदको समर्थन लिनुपर्ने हुन्छ।
यही पुस १० गते प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त भएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।