Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पुष २८ गतेदेखि चाैथाे जेम एण्ड ज्वेलरी एक्स्पाे २०२३ हुँदै, नेपाली पाेषाक र आभुषणमा मलाइका अराेडा देखिने

पुष २८ गतेदेखि चाैथाे जेम एण्ड ज्वेलरी एक्स्पाे २०२३ हुँदै, नेपाली पाेषाक र आभुषणमा मलाइका अराेडा देखिने

काठमाडाैं, २६ पुस । यहि पुष २८ गतेदेखि माघ १ गतेसम्म चाैथाे जेम एण्ड ज्वेलरी एक्स्पाे २०२३ हुने भएकाे छ । नेपाल रत्न तथा आभुषण संघले ‘टेकिङ नेप्लिज ज्वेलरी ग्लाेबली’ मुख्य लक्ष्यका साथ हाेटल याक एण्ड यति दरबवरमार्गमा उक्त एक्स्पाे गर्न लागेकाे हाे

पुस २८ गते साँझ ६ बजेदेखि ज्वेलरी फेशन साे आयाेजना गरिने छ भने २९, ३० र माघ १ गते एक्स्पाे सञ्चालन हुनेछ । एक्स्पाेमा जम्मा ३८ कम्पनीहरू सहभागि हुनेछन् ।

ज्वेलरी फेशन साेमा बलिउड अभिनेत्री मलाइका अराेरा नेपाली पाेषाकमा र आभुषणमा र्‍याम्पमा उत्रिनेछिन् ।

एक्स्पाे सञ्चालनमा नेपाल सरकारका साथै उद्याेग वाणिज्य महासंघ लगायत संस्थाकाे समर्थन रहने छ भने एक्स्पाे र फेसन साे मा करिव १० देखि १५ हजार व्यक्तिले अवलाेकन गर्ने अनुमान गरिएकाे छ ।

यी हुन् एक्सपाेका मुख्य उद्देश्य

  • काेभिडका कारण शिथिल बनेकाे आभुषण व्यवसायमा नयाँ उत्साह र उर्जा  पैदा गराउन  ।
  • नेपाली बहुमुल्य आभूषण व्यवसायको विद्यमान अवस्था क्षमता र सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा परिचित गराउने ।
  • आम उपभोक्ताहरुलाई एउटै छानामुनी आफ्नो रोजाई र चाहना अनुसारको डिजाइनका नेपाली बहुमूल्य आभूषण बारे जानकारी लिने र खरिद गर्न अवसर प्रदान गर्ने ।
  • आभूषण व्यवसायीहरुलाई आम उपभोक्ताको रुचि बारे अद्यावधिक र थप जानकारी प्राप्त गर्ने अवसर उपलब्ध गराउने ।
  • व्यवसायीहरुलाई नयाँ प्रविधि र व्यापारिक सम्बन्ध विस्तारको अवसर प्रदान गर्ने ।
  • यस व्यवसायसंग सम्बन्धित कालीगढ लगायत अन्य जनशक्तिलाई आम उपभोक्ताको चाहना र बजारको अवस्था बारे प्रत्यक्षरुपमा जानकारी लिने अवसर प्रदान गर्ने ।
  • आभूषण क्षेत्रमा विद्यमान नवीनतम प्रविधि बारे व्यवसायी, कालीगढ़, उपभोक्ता आदि सबैमा अद्यावधिक अवस्थाको जानकारी गराउने ।
  • नेपाली बहुमूल्य आभुषणलाई अन्तर्राष्ट्रिय बजारमा निर्यातको लागि प्रोत्साहित गर्ने ।
  • स्वदेशी रत्न पत्थरको उत्खनन्, प्रशोधन उपयोग तथा निर्यात आदिको आवश्यकता र सम्भावनालाई उजागर गर्ने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x